• ९ पुस २०८१, मङ्गलबार

थापालाई सम्मान, सिङ्जाङ्गोलाई पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २५ गते । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘प्रतिभा पुरस्कार’ सिक्किम भारतकी युवा इतिहासकार तथा याक्थुङ मुन्धुमका अध्येता सन्ध्या सुब्बा सिङ्जाङ्गोलाई दिने घोषणा गरेको छ । ताप्लेजुङका अग्रज लेखक तथा सञ्चारकर्मी राजेश्वर थापालाई प्रतिभा सम्मानबाट सम्मानित गरिने भएको छ । प्रतिष्ठानको बेलायतमा आइतबार बसेको बैठकले एक लाख रुपियाँ र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार सिङ्जाङ्गोलाई र ५० हजार रुपियाँ र ताम्रपत्रसहितको सम्मान थापालाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष टङ्क बनेमले जानकारी दिनुभयो । प्रतिष्ठानले सिङ्जाङ्गोले मुन्धुमको खोजी, अनुसन्धान, अनुवाद र लेखनका साथै स्थानीय रैथाने कला संस्कृति संरक्षणमा सव्रिmय रहनुभएकाले उहाँलाई पुरस्कृत गर्ने जनाएको छ । उहाँको अङ्ग्रेजीमा ‘लिम्बू समन्सः अ डाइरेक्टरी अल लिम्बू समन्स इन सिक्किम, चइत मुन्धुम (दी स्टोरी अफ क्रियसन), मुजिङ्ना खेयङ्ना मुन्धुम (अनुवाद) लगायतपुस्तक प्रकाशित छन् ।

ताप्लेजुङका थापाका ताप्लेजुङका युद्धवीर लाहुरेहरू, ताप्लेजुङका लोकसंस्कृति भाग १, ताप्लेजुङका धर्म सम्प्रदाय, वरदात्री भगवनी पाथीभरा (मुक्कुमलुङ्मा), ताप्लेजुङको प्रजातान्त्रिक क्रान्तिको इतिवृत्तलगायत पुस्तक प्रकाशित छन् ।