• ८ पुस २०८१, सोमबार

राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज'

blog

फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर २२ गते । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी डिस्चार्ज हुनुभएको छ । उहाँ गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको सोही दिन प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो । 

अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज अपराह्न डिस्चार्ज हुनुभएको जानकारी दिनुभएको हो । 

यसैबिच, राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरूप्रति आभार व्यक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उक्त कुरा जनाइएको छ । रासस