काठमाडौं, मङ्सिर २२ गते । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेलिनमा उल्लेख छ ।
यसैगरी, गण्डकी र लुम्बिनी प्रदेको पहाडी र तराईका भूभागहरु लगायत बाँकी तराईका भूभागहरु तथा उपत्यकाहरुका केही स्थानहरुमा हुस्सु कुहिरो लागेको छ ।
शनिबार दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
शनिबार राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा राति हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।