• ८ पुस २०८१, सोमबार

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

blog

बकैयामा दुर्घटनाग्रस्त टिप्पर । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, मङ्सिर २१ गते । मकवानपुरको बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको छ । 

शुक्रवार बिहान ८ बजेर १५ मिनेटको समयमा टिप्पर दुर्घटना हुँदा चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङको घटनास्थलमै मृत्यु भएको हो । 

बकैयाको हात्तिसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्राभेल लोड लि जाँदैगरेको  ना ८ ख २४३० नम्बरको टिप्पर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।