• १९ असार २०८१, बुधबार

गुल्मीमा काँग्रेस ५, माओवादी ४ र एमालेलाई ३ प्रमुख

blog

तिलाचन पाण्डे

तम्घास, जेठ ५ गते । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गुल्मीका २ स्थानीय तहमा पुरानै अनुहार निर्वाचित हुनुभएको छ । जिल्लाको धुर्कोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाका अध्यक्षहरु पुनःनिर्वाचित हुनुभएको हो । 

धुर्कोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का भुपाल पोखरेल र कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका बेदबहादुर थापा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । पोखरेलले काँग्रेसका महेन्द्र भण्डारीलाई एक हजार ८२८ मतले पराजित गर्नुभएको हो । थापाले नेकपा (एमाले) का रामजी ढकाललाई १३३ मतले पराजित गर्नुभयो । 

यस्तै, जिल्लाको मदाने गाउँपालिकामा एमालेकी सरीता खड्का पुनः उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले माओवादी केन्द्रका बेगम चन्दलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । खडकाले चन्दलाई  ३५६ मतले पराजित गर्नुभयो । 

गुल्मीको १२ स्थानीय तहमध्ये  ५ स्थानीय तहमा काँग्रेस, ४ तहमा माओवादी केन्द्र र ३ स्थानीय तहमा एमालेले  प्रमुख पदमा विजयी हासिल गरेको छ ।