काठमाडौँ, मङ्सिर २० गते । नेपाल कराते महासङ्घ जिल्ला प्रमुख ललितपुर लगनखेलले बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवि महर्जनसहित चार खेलकर्मीलाई सम्मान गरेको छ ।
महर्जनलाई मङ्सिर १० गते बागमती प्रदेश मन्त्री परिषद्को बैठकबाट चार वर्षको लागि सदस्यमा नियुक्त गरेको थियो । त्यस्तै महासङ्घले ललितपुर जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष विनोद महर्जन, सदस्यद्वय सागर चित्रकार र विमला लामा गोलेलाई पनि सम्मान गरेको छ ।
उनीहरूलाई एक कार्यक्रमबिच ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले सम्मान गर्नुभयो । रवि महर्जन आठौँ साग गेम्सका स्वर्ण पदक विजेता हुनुहुन्छ । विनोद महर्जन किकबक्सिङ पूर्व राष्ट्रिय च्याम्पियन हुनुहुन्छ ।