राधाकृष्ण डुम्रे
वालिङ, मङ्सिर २० गते । स्याङ्जाको बिरुवा गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ सुरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नारासहित सुरु भएको प्रतियोगितामा गाउँपालिकाका ८ वडाका विद्यालयको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनुभयो।
प्रतियोगिताको शुभारम्भ गर्दै संघी सांसद राजु थापाले खेलकुद क्षेत्रमा छुट्याइने गरेको बजेट कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि कुल बजेटको २५ प्रतिशत छुट्याउन आवश्यक छ ।”
सांसद थापाले सिद्धार्थ राजमार्ग, ज्याग्दीखोला करिडोरलाई प्रभावकारी बनाउन आफूले विशेष ध्यान दिएको उहाँको भनाइ छ । ग्रामीण सडकलाई व्यवस्थित गर्न सबैको जोड हुनुपर्ने उहाँको भनाइ छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः रु. ३०, २०, १५ र १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा छात्र छात्रा भलिबल, दौड, लङ्जम्प, त्रिपलजम्प, ठेलो फाल्ने, ज्याव्लिङ थ्रो लगायतका खेलहरु समावेश रहेका गाउँपालिकाले जनाएको छ ।