• ८ पुस २०८१, सोमबार

जाजरकोटमा जिप दुर्घटना : मृत्यु हुने दुईजनाको पहिचान खुल्यो

blog

सहदेव बस्नेत
जाजरकोट, मङ्सिर २० गते ।
जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । र्सिह एण्ड ब्रदर्स निर्माण सेवा प्रालीको प्रदेश ३–०१–०२३च ४७१९ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका १० नुवागाउँ नजिकको मोडमा दुर्घटना भएको हो ।

मध्य पहाडी लोकमार्गमा काकीगाँउबाट कुदुतर्फ आउँदै गरेको जिप सडकबाट करिब सात सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा गाडि चालक कैलाली घर भई भएका २५ वर्षीय मनोज केसी र जुम्ला घर भई हाल भेरी नगरपालिका ७ स्याउली बजार बस्ने २२ वर्षीय मिथुन हमाल रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका ८ घर भएका २३ वर्षीय कमल चौधरी दुर्घटनामा परी घाइते हुनुभएको छ । 

जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले घटनाको जानकारी आउने वित्तिकै प्रहरी  घटनास्थलबाट घाइते र मृतकलाई जिल्ला अस्पताल जाजरकोटमा ल्याइएको बताउनुभयो । घाइते चौधरीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।