काठमाडौँ, मङ्सिर १८ गते । एसिएन प्यासिफिक सितोरियो कराते महासङ्घको अध्यक्षमा दावा गुरुङ निर्वाचित हुनुभएको छ ।
सिंगापुरमा भएको विशेष अधिवेशन ( कङ्ग्रेस) मा सर्वाधिक १८ मत प्राप्त गर्दै गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो । कङ्ग्रेसमा सहभागी २८ राष्ट्रबाट खसेको २३ मतमध्ये गुरुङले १८ मत प्राप्त गर्नुभएको थियो । गुरुङ नेपाल सितोरियो कराते सङ्घको अध्यक्ष र नेपाल कराते महासङ्घका महासचिव हुनुहुन्छ ।
गुरुङका प्रत्याशी फिलिपिन्सका उम्मेदवारले आठ मत प्राप्त गरेका थिए । सिंगापुरमा १६ औँ एसियन प्यासिफिक कराते प्रतियोगिता सम्पन्न भएसँगै कङ्ग्रेसले १७औँ प्यासिफिक सितोरियो कराते प्रतियोगिता कहाँ र कुन मितिमा आयोजना गर्ने भन्ने बारेमा एक महिना भित्रमा निर्णय गरी सार्वजनिक गरिने कङ्ग्रेसमा सहभागी नेपाल सितोरियो करातेका संरक्षक युवराज लामाले जानकारी दिनुभयो ।
कङ्ग्रेसअघि भएको १६औँ एसिएन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले दुई स्वर्ण, दुई रजत र पाँच कांस्य पदकसहित नौ पदक जितेको थियो ।