• ७ पुस २०८१, आइतबार

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

blog

पल्टिएको उखु लोड गरिएकाे ट्याक्टर । तस्बिरः विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, मङ्सिर १८ गते । धनुषामा उखु लोड गरिएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्लाको धनुषाधाम नगरपालिका–६, जगधर पुल नजिक मङ्गलबार उखु लोड गरेकाे ट्याक्टर पल्टिएको हो । 

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले पश्चिमबाट पूर्वतर्फ गइरहेको ज १ त ४६१६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको बताउनुभयो । दुर्घटनामा ट्याक्टर चालक महोत्तरी भङ्गहा नगरपालिका–४, बिर्ताका २८ वर्षीय सुनिल दासको मृत्यु भएको जानकारी दिनुभयो । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक दासलाई लालगढ मोडेल अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक यादवले बताउनुभयो।