• ८ पुस २०८१, सोमबार

हेटौँडा १२ मा ६४ प्रतिशतभन्दा बढी मत खस्यो

blog

मतदान केन्द्रमा मतदाताहरु । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, मङ्सिर १६ गते । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा १२ को वडाध्यक्ष पदका लागि आज आइतबार भइरहेको मतदानमा हालसम्ममा ६४ प्रतिशतभन्दा बढी मत खसेको छ । 

दुईवटा मतदानस्थल रहेको हेटौँडा वडा १२ मा रहेको प्रतिभा माध्यमिक विद्यालय सिक्रेनीस्थित मतदान केन्द्रमा ६४.५६ प्रतिशत अर्थात् २ हजार ८ सय ५९ जना मतदाताले र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेस्थित मतदान केन्द्रमा ६४.१३ प्रतिशत अर्थात् २३ सय २५ मत खसेको छ ।

प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका अनुसार प्रतिभा माध्यमिक विद्यालय सिक्रेनी मतदान केन्द्रमा ४ हजार चार सय २८ र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेस्थित मतदान केन्द्रमा ३ हजार ६ सय २५ मतदाता रहेका छन् । 


वडाको नौ वटै मतदान केन्द्रका मतदान कार्य शान्तिपूर्ण रूपमा चलिरहेको छ । वडाध्यक्ष पदमा तीन स्वतन्त्रसहित नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।