• २६ पुस २०८१, शुक्रबार

तीन लाखभन्दा बढी माछाको भुरा छाडिए

blog

माछाका भुरा छाड्दै । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, मङसिर ११ गते । स्याङ्जामा खोला तथा नदीमा प्राकृतिक रुपमा रहँदै आएका माछाहरुको सन्तुलन कायम राख्न कालीगण्डकी नदीमा माछाका भुुरा छोडिएको छ ।

माछा मार्ने कामबाट आफ्नो जिबिको पार्जन गर्दै आइरहेका बोटे समुुदाय र प्राकृतिक वातावरणलाई सन्तुलन कायम राख्ने उद्देश्यअनुुरुप नेपालकै पहिलो, ठुुलो जलबिद्युुत कालीगण्डकी ए, मत्स्य ह्याचरी सेवाले ड्यामसाइड आँधीमुहानमा माछाका भुुरा छाडेको हो ।

प्राधिकरणले स्थापना कालदेखि मत्स्य ह्याचरी निर्माण गरी माछाका भुुराहरु उत्पादन पश्चात हरेक बर्ष कालीगण्डकी नदीका बिभिन्न स्थानमा भुुरा छोड्ने गरेको हो । यस वर्ष तीन लाख ३५ हजार पाँचसय शहर, ठाडे, गर्दी र ठेडगरी चार प्रकारका माछाका भुरा छोडिएको हो ।  

बिगतका बर्षहरुमा १५ देखि २० लाख माछाका भुुरा उत्पादन गरी कालीगण्डकी तथा अन्य खोला नदीमा पठाउँदै आएको प्राधिकरणले यस बर्ष करिब ३० लाख माछाका  भुुरा उत्पादन हुने लक्ष्य राखिएको कालीगण्डकी जलबिद्युत केन्द्रका प्रमुख बाबुराजा महर्जनले जानकारी दिनुभयो ।

ड्याम निर्माण हँदा माछा माथिदेखि तल तथा तलबाट माथि जानेक्रम रोकिने हुँदा माछा हराउँदै जाने समस्या बृद्धि भएको तथा माछाकै भरमा आफ्नो जिविका चलाइरहेका बोटे समुुदायलाई मध्यनजर गर्दै प्राकृतिक रुपमा रहेका माछाहरु कम हुनबाट जोगाउने उद्देश्यले बार्षिक रुपमै नदीमा माछाको भुरा छाड्ने गरेको प्राधिकरणले जनाएको छ ।