• ५ जेठ २०८१, शनिबार

बागलुङ नगरपालिकामा गठबन्धन विजयी

blog

बागलुङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित बसन्तकुमार श्रेष्ठ र राजु खडका । तस्विरः नविन शिशिर विक

बाग्लुङ, जेठ ४ गते । बागलुङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली काँग्रेसका बसन्तकुमार श्रेष्ठ र प्रमुखमा माओवादी केन्द्रका राजु खडका विजयी हुनुभएको हो । 

 गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १४ हजार ६०८ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेकपा एमाले राप्रपाका उम्मेदवार तथा निर्वतमान नगरप्रमुख जनकार पौडेलले आठ हजार ८२१ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा खड्काले १२ हजार ४२७ मत प्राप्त गर्दा एमाले राप्रपाका उम्मेदवार राप्रपाका सञ्जय खड्काले आठ हजार ६५ मत प्राप्त गर्नुभएको छ ।

Author

नविन शिशिर विक