• ७ मंसिर २०८१, शुक्रबार

पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसङ्घ

blog

न्यूयोर्क, मङसिर ६ गते । राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गाजा पट्टीमा भोकमरीमा परेका प्यालेस्टिनीहरुका लागि जीवन बचाउको रूपमा सेवा गरिरहेका बेकरीहरूसमेत पिठो तथा इन्धनको अभावका कारण बन्द हुने अवस्थामा रहेको चेतावनी दिएको छ ।

ओसिएइचएले आफ्नो दैनिक प्रतिवेदनमा हालको  समयमा उत्तरी गाजाका केही भागहरू अनिकालको जोखिममा रहेकोसमेत जनाएको छ । यसका साथै गाजा पट्टीको मध्य र दक्षिणी भागहरूमा, गम्भीर भोकमरीको सामना गर्ने बाध्य परिवारहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको रिपोर्ट गरिरहेको यसले जनाएको छ ।

“विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का सहकर्मीहरूलाई उद्धृत गर्दै  ओसिएएचएले हाल गाजामा मानवीय साझेदारहरूद्वारा समर्थित १९ वटा बेकरीहरू मध्ये सात वटा मात्र सञ्चालनमा रहेको  प्रतिवेदनमा उल्लेख गरेको छ । पिठोको अभावकै कारण यस हप्ताको सुरुमा अन्य धेरै बेकरीहरू बन्द गर्न बाध्य भएको यसले स्पष्ट पारेको छ । रासस/क्यूएनए