• ७ मंसिर २०८१, शुक्रबार

नवराज गौतम फौजदारी कानुन पुरस्कार अधिवक्ता इटनीलाई

blog

काठमाडौँ, मङ्सिर ५ गते। वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानुन पुरस्कारबाट अधिवक्ता कमलप्रसाद इटनीलाई सम्मान गरिएको छ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए नेपाल) को ३५ औँ स्थापना दिवसको अवसरमा आज आयोजित एक कार्यक्रमकाबिच सो पुरस्कार प्रदान गरिएको हो। इटनी लामो समयदेखि फौजदारी कानुनको अभ्यासरत हुनुहुन्छ।

लामो समय कानुन र न्यायको क्षेत्रमा लाग्नुभएका वरिष्ठ अधिवक्ता गौतमको २०७८ सालमा हृदयघातबाट निधन भएको थियो। उहाँको कानुन र न्यायको क्षेत्रमा अतुलनिय लगाब रहेकाले उहाँका छोरा अधिवक्ता रामचन्द्र (आरसी) गौतमले उहाँको स्मृतिमा नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) को स्थापना दिवसको अवसरमा पुरस्कारको घोषणा गर्नुभएको हो।

पाँच लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष फौजदारी कानुनको क्षेत्रमा क्रियाशील एक जना अधिवक्तालाई डिएलए मार्फत सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरिएको छ।

यो पुरस्कार प्रदान गर्न डिएलएले प्राध्यापक रञ्जितभक्त प्रधानाङ्गको संयोजकत्वमा समिति गठन गरिएको थियो।

वरिष्ठ अधिवक्ता गौतमलाई समग्र न्याय क्षेत्र तथा कर्णाली क्षेत्रको न्याय र कानूनका पथप्रदर्शकको रूपमा लिने गरिन्छ। 

यस्तै कार्यक्रममा विस्डम ल एसोसिएट्स मध्यस्थ कानुन पुरस्कारबाट बरिष्ठ अधिवक्ता शैलेन्द्रकुमार दाहाललाई प्रदान गरिएको छ। आफू अभ्यारत रहेको सार्वजनिक खरिद र सो सम्बन्ध मध्यस्थता बिधिशास्त्रलाई सहयोग पुर्याउने उद्देश्यले यो पुरस्कार सुरू गरिएको अधिवक्ता किरण पौडेलले बताउनुभयो।