• ७ मंसिर २०८१, शुक्रबार

सुदूरपश्चिम रोयल्सलाई टेलिकमको साथ

blog

सम्झौता पत्र आदानप्रदान गरिँदै ।

काठमाडौँ, मङ्सिर ५ गते । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रयोजन सहयोग गरेको छ ।

एनपीएलमा सुदूरपश्चिमलाई टेलिकमले टेलिमकम पार्टनरको रुपमा सहयोग गरेको हो । दुई पक्षबिच बुधबार प्रयोजन सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता पत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि सिइओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्त्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति दिनुभयो । खड्काले नेपाल टेलिकम यसअघि पनि नेपाली क्रिकेटलाई सहयोग गर्दै आएको र यसपटक रोयल्सलाई सहयोग गरेकोमा मैदानभित्र उत्कृष्ट प्रदर्शन गरेर टेलिकमलाई गौरव महसुस गराउन तत्पर रहेको बताउनुभयो । 

प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिदैँ आएको एवं नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको स्मरण गर्दै सुदूरपश्चिमाञ्चल रोयल्स मार्फत एनपीएलमा जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । 

नेपाल क्रिकेट सङ्घ (क्यान) क्यानको‌ आयोजनामा मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा आठ टोलीको सहभागिता रहनेछ ।