• ११ पुस २०८१, बिहिबार

दयाहाङ विराटनगर किङ्ग्समा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ३ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम विराटनगर किङ्ग्सले आइतबार अभिनेता दयाहाङ राईलाई सद्भावना दूत नियुक्त गरेको छ ।

विराटनगर किङ्ग्सका सहमालिक बेङ्कटेस मुन्द्राले एक कार्यक्रमबिच दयाहाङलाई आधिकारिक रूपमा सद्भावना दूतका रूपमा रहने घोषणा गर्नुभयो । विराटनगर र दयाहाङसँगको सम्झौता एक वर्षको हुने छ ।

अभिनेता राईले यस अवसरका लागि विराटनगर किङ्ग्सलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “एनपिएल तटस्थ भएर हेर्ने योजना थियो । यद्यपि अहिले विराटनगरसँग जोडिएको छ । क्रिकेटले हामी सबैलाई नै जोडेको छ । विराटनगरमा आवब हुन पाउँदा म खुसी भएको छु ।” 

विराटनगर किङ्ग्समा नेपालका लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी हुनुहुन्छ । प्रमुख प्रशिक्षकमा आयरल्यान्डका केभिन ओब्रायन रहनुभएको छ ।