• १ मंसिर २०८१, शनिबार

बालगृहलाई पाँच लाख अनुदान

blog

बालगृहलाई अनुदान सहयोगका लागि सम्झौता आदानप्रदान गरिदै । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, मङसिर १ गते । फेदीखोला गाउँपालिका –१ मा रहेको अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहलाई पाँच लाख अनुदान पाउने भएको छ ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१–८२ मा अनुदान उपलब्ध गराउने भएको हो । 

सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेल र बालगृह सञ्चालक तथा अध्यक्ष कमला पराजुलीबिच सम्झौता भएको छ । अनुदान रकम बालगृहमा बालबालिकाको सर्वाङ्गीण क्षेत्रको विकास र उनीहरुको शिक्षा, खाद्यान्न, कपडा, स्वास्थ्यलगायत बालगृहको सुधारमा सो रकम खर्च गरिनेछ ।

विसं २०६८ सालमा स्थापना भएको बालगृहमा २०७२ बाट सातजना अभिभावकविहीन बालबालिका राखेर अभियान थालिएको हाल ३७ जना बालबलिका बस्दैआएको पराजुलीले बताउनुभयो । 

अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै उनीहरुको लुगाफाटो, खानपिन, बसोबास तथा अध्ययनको व्यवस्थापन कमलाले मिलाउँदै आउनुभएको छ ।

बालगृह सञ्चालनका लागि आम्दानीको स्रोत भने केही नभएको बताउँदै पराजुलीले भन्नुभयो, “मुख्य स्रोत भनेकै मुठीदानसहित जन्मदिन, वार्षिक पुण्यतिथिमा गरिने कार्य, धार्मिक कार्य, विभिन्न संघ संस्थाले खाद्यान्न, लत्ता कपडालगायत नगद तथा जिन्सीका रुपमा प्राप्त हुने सहयोग नै हो ।” यहाँ रहेका बालबालिका कक्षा–नर्सरीदेखि कक्षा –१२ सम्म अध्यानरत छन् ।