• ७ मंसिर २०८१, शुक्रबार

सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

blog

काठमाडौँ, कात्तिक २९ गते । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६० हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. ३५ ले घटेको छ । बुधबार प्रतितोला रु. एक हजार नौ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार नौ सय पाँच निर्धारण भएको महासङ्घले जनाएको छ । रासस