• ७ मंसिर २०८१, शुक्रबार

कालीप्रसादको साङ्गीतिक प्रस्तुति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २९ गते । सङ्गीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा आफ्नो साङ्गीतिक यात्रा १५ वर्ष पुगेको अवसर पारेर पोखरा र बुटवलमा प्रस्तुति गर्नुहुने भएको छ । नवीन शैलीका गीत गाउन र तयार पार्न रुचाउने कालीप्रसाद आफ्नो ब्यान्डसहित पोखरा र बुटवलमा प्रस्तुति दिन लाग्नुभएको हो  ।

बाँस्कोटा र उहाँको ब्यान्डले शुक्रबार पोखराको लेकसाइडमामा प्रस्तुति दिँदै छ । पोखरापछि शनिबार बुटवलको दी कन्सेप्ट क्लब एन्ड पबमा आफूलाई प्रस्तुत गर्ने छ । पोखरा र बुटवलमा काली र उनको ब्यान्डले उनले ‘निर जहिल्यै रिसाउनी’, ‘अजम्बरी लाउँला पिरती’, ‘माया रैछ र भर रैछ नि’ र ‘जीवन जात्रा हो’ लगायतका लोकप्रिय गीत सुनाउने छन् ।

‘यो टुरले मेरो व्यक्तिगत उपलब्धिलाई मात्र उत्सवका रूपमा मनाउँदै छैन, यसले नेपाली सङ्गीतको वृत्ति विकासलाई पनि उजागर गर्ने छ । हाम्रो टुरले फ्यानमाझ पुराना र नयाँ गीत पस्कनेसँगै मेरो यात्रा, गीत सिर्जनाका अविस्मरणीय क्षणलाई दर्शकमाझ प्रस्तुत गर्ने छ,” बाँस्कोटाले भन्नुभयो ।