• ७ मंसिर २०८१, शुक्रबार

बलम्बुमा महालक्ष्मी जात्रा सुरु (फोटो फिचर)

blog

चन्द्रागिरि नगरपालिकाको बलम्बुमा सुरु भएको महालक्ष्मी जात्रा । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, कात्तिक २७ गते । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ । बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन् ।

बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ । यो जात्रा वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात् ‘मुः’ अष्टमीबाट सुरु हुन्छ । छवयल्बुमा बलम्बुको नेवाः समुदायले आफ्नै लोक परिकारहरू छोयला, तखाः (थलथले), यला (रक्सी) लगायतका परिकार बताउछन् र पाहुना बोलाएर खुवाइन्छ । उपत्यकामा जहाँ–जहाँ जात्रा हुन्छ, त्यस बखत आफन्त बोलाएर खुवाउने प्रचलन रहि आएको छ ।