• २७ पुस २०८१, शनिबार

कालीगण्डकी धार्मिक महोत्सवमा भक्तजनको आकर्षण

blog

कालीगण्डकीको उत्तरबाहिनीमा सन्ध्या आरती गरिँदै । तस्बिर : चैतन्य कृष्ण

राधाकृष्ण डुम्रे
वालिङ, कात्तिक १६ गते ।
 स्याङ्जाको कालीगण्डकीको उत्तर बाहिनीमा चलिरहेको धार्मिक महोत्सवमा भक्तजनहरूको आकर्षणमा परेको छ । मातापिता प्रतिको सम्मान र सेवाभाव बढाउन तथा धार्मिक पर्यटनलाई प्रवर्धन गर्न गरिएको महोत्सव हिन्दुधर्मालम्बीहरुको राम्रो सहभागिता रहेको हो ।

कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा ‘मातापिता पूजन एवम् दामोदर महोत्सव’ २१ दिने महोत्सव चलिरहेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीमा रहेको उत्तर बाहिनीमा महोत्सवमा विभिन्न धार्मिक गुरुहरूले प्रवचन दिँदै आउनु भएको प्रतिष्ठानले जनाएको छ ।

धर्म, संस्कार र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि गरिएकाले यो महामहोत्सव दैनिक कालीगण्डकी सन्ध्या आरती, लगायतका धार्मिक कार्यहरू भइरहेको प्रतिष्ठानका अध्यक्ष चैतण्यकृष्णले जानकारी दिनुभयो । उहाँको अनुसार जीवित रहेका आफ्ना मातापिता प्रतिको कर्तव्य बोध गराउँदै दिवङ्गत भइसकेको मातापिता प्रति श्रद्धाभाव जनाउन महोत्सव गरिएको हो । आफ्ना अभिभावक प्रतिको दायित्वबोध गराउँदै संस्कारयुक्त समाजको निर्माण गर्नु महोत्सवको मुख्य लक्ष्य रहेको उहाँको भनाई छ ।

कात्तिक ९ गतेबाट सुरु भएको धार्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुने छ ।