राधा लुइटेल
फिदिम, कात्तिक १३ गते। प्रतिस्पर्धी फिदिम नगरपालिकालाई हराउँदै तुम्बेवा गाउँपालिका सातौं तरुण गोल्डकपको उपाधि जितेको छ।
फिदिम मावि पाँचथरको खेल मैदानमा मंगलबार साँझ सम्पन्न फाइनल खेलमा तुम्बेवाले फिदिमलाई १–० गोल अन्तरले हराएको हो।
तुम्बेवाले नगद एक लाख एक सय ७२ रुपियाँ नगद र ट्रफी चुम्यो भने उपविजेता फिदिमले नगद ५१ हजार १ सय ७२ रुपियाँ नगद र ट्रफीमा चित्त बुझायो। फाइनल खेलमा सन्तोष लिम्बूले तुम्बेवाका लागि निर्णायक गोल गर्नुभएको हो।
प्रतियोगिताका विजेता र उपविजेता टिम तथा खेलाडीलाई संविधान सभा सदस्य भिष्मराज आङदेम्ब, जिल्ला सभापति रुपनारायण जवेगू, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र कांग्रेसका निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरुङले ट्रफी र नगद पुरस्कार प्रदान गर्नुभयो।
कात्तिक १० गते सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए।