शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौँ, असोज १८ गते। चाडपर्वलाई लक्षित गर्दै सहज, सुरक्षित एवं सम्मानजनक आवगमन सुनिश्चित गर्न सीमा नाकामा सशस्त्र प्रहरी बलले एक सय १६ स्थानमा सहायता कक्ष स्थापना गर्ने भएको छ।
अहिलेसम्म ६६ वटा सहायता कक्ष स्थापना भइसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको सशस्त्र प्रहरीका प्रवक्ता कुमार न्यौपाने जानकारी दिनुभयो। 
दसैँ, तिहार तथा छठपर्व लगायतका चाडवाडका बेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने आमनागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपदमापरेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको उहाँको भनाइ छ।
 
                                
                             
                                                -original-thumb.jpg) 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                