• ११ असोज २०८१, शुक्रबार

नागरिकताभन्दा राहदानी बनाउने बढी

blog

जिल्ला प्रशासन कार्यालय। तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असोज ४ गते।  एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट  नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। 

८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा २१७ जनाले राहदानीका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो। 

गत आइतबारदेखि शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता ८५, प्रतिलिपि ६३, गैरआवासीय दुई,  नाबालक परिचयपत्र दुई, राहदानीका लागि आवेदन २१७, राहदानी वितरण १९९, राष्ट्रिय परिचयपत्रका लागि आवेदन २५५, परिचयपत्र वितरण १२९, संस्था नवीकरण ११ र दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो। 

यस्तै सोही अवधिमा राहदानीबाट ११ लाख दुई हजार पाँच सय रुपियाँ र संस्था नवीकरणबाट ४९ हजार गरि ११ लाख ५१ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो।   

जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता, राहदानी र परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धि हुने अनुमान गरिएको उहाँको भनाइ छ।  दसैँ तिहारजस्ता पर्वहरु आएकाले पर्व मनाउन देशका सहर र विदेशबाट पनि आउँदा राहदानी,नागरिकता बनाउनेको सङ्ख्यामा पनि वृद्धि हुने शर्माले बताउनुभयो।