• ८ पुस २०८१, सोमबार

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

blog

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ।

काठमाडौँ, असोज ४ गते।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक भएका छन्।  सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।  

सरकारले सरकारले काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो)को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरकी डलर अर्थात् २२ अर्ब ८९ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय सरकारले गरेको छ।  

सामान्य प्रक्रियाबाट फर्छ्याेट हुन नसकेका बेरुजु फर्छ्याेट  गर्न भन्दै प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फर्छ्याेट समिति गठन गरेको हो।  बैठकले समितिको कार्यक्षेत्रसमेत तोकेको छ।