• २३ पुस २०८१, मङ्गलबार

उपसभामुखलाई हटाउन नहुने

blog

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड' शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग मुलुकको समसामयिक विषयमा कुराकानी गर्नुहुँदै । तस्बिर : मनोज दाहाल / रासस

मोरङ, भदौ २९ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने जिकिर गर्नुभएको छ ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो । जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएकी उहाँलाई हटाउनु उचित हुँदैन, यसबाट सत्तापक्ष पछि हट्ने मेरो विश्वास छ”,पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्को हिजोको बैठकमा प्रधानन्यायाधीशमा आठ जनाको सिफारिस भएको जानकारी दिँदै ज्येष्ठताका आधारमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले व्यवस्था परिवर्तनका लागि माओवादी केन्द्रले ठुलो त्याग र बलिदान गरेकाले सबै प्रदेशमा पार्टीलाई सुदृढ गर्ने अभियानमा आफू लागेको बताउनुभयो ।

अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले भन्नुभयो,“प्रतिनिधिसभाले ‘हिंसा’ शब्द अभिलेखबाट  नहटाएसम्म संसद् अवरुद्ध हुने छ ।” रासस