• २६ पुस २०८१, शुक्रबार

आर्थिक सुधारको आधार बन्दै : ढकाल

blog

काठमाडौँ, भदौ २५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको र यसलाई सरकार निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारको सहकार्यमा प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार महासङ्घको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा उहाँले सरकारले पनि निजी क्षेत्रका सुझाव सुनेर नयाँ पुस्ताको सुधार अगाडि बढाइरहेको औँल्याउनुभएको छ । 

ढकालले महासङ्घ र आइएफसी मिलेर स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायको प्रतिस्पर्धात्मक क्षमता सुधार्न काम गर्न सक्ने जानकारी पनि गराउनुभयो । ढकालले आइएफसीसँगको सहकार्यमा महासङ्घले निजी क्षेत्रको वातावरणीय सामाजिक तथा सुशासनसम्बन्धी कार्यक्रम ल्याउन प्रयास गरिरहेको पनि बताउनुभयो । “अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र महासङ्घको स्थानीय व्यावसायिक समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा महìवपूर्ण प्रगति गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

भेटका क्रममा फाखौरीले सार्वजनिक–निजी साझेदारीमा थप जोड दिन आवश्यक रहेको बताउनुभयो । फाखौरीले नेपालले केही आर्थिक चुनौतीको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसर पनि रहेको बताउनुभयो ।