• २७ पुस २०८१, शनिबार

पर्यटनका दृष्टिकोणले सुदूरपश्चिम भर्जिन क्षेत्र हो: मन्त्री पाण्डे

blog

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँग छलफल गर्नुहुँदै । तस्बिर : मन्त्री पाण्डेको सचिवालय

काठमाडौँ, भदौ २० गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताउनुभएको छ ।

बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । मन्त्री पाण्डेले भन्नुभयो, ‘‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव विकास सूचकाङ्कका दृष्टिकोणले समेत पछाडि परेको छ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छु ।’’

मन्त्री पाण्डेले पाँच सयभन्दा बढी पर्व र १३१ वटा भाषा भएको उल्लेख गर्नुभयो । उहाँले भाषा सभ्यता, संस्कृति, भेषभुषा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताउनुभयो । संस्कृति र पर्यटनलाई चलायमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकरणका आधारमा अघि बढ्ने समेत बताउनुभयो ।

साथै उहाँले नीतिगत र कानुनी रूपमा भएका त्रुटिहरू समेत संशोधन गर्दै अघि बढिरहेकोमा प्रष्ट पार्नुभयो ।