• १६ भदौ २०८१, आइतबार

मोती जयन्तीको सन्दर्भमा गजल उत्सव

blog

अर्जुन काफ्ले 

स्याङ्जा, भदौ १६ गते। १५९ औँ मोती जयन्तीको सन्दर्भमा गल्याङ–३ मा गल्याङ गजल उत्सव– २०८१ गरिएको छ। गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङले युवाकवि मोतीराम भट्टको सम्झना तथा साहित्यको माहौल सिर्जना गर्ने उद्देश्यले गजल उत्सव गरेको हो। कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख तथा प्रतिष्ठानका संरक्षक गुरुप्रसाद भट्टराईले साहित्य मनै भित्रबाट आउने बताउनुभयो।

कार्यक्रममा गजलकार मिलन समीर, दिलीप तिवारी फकिर, सूर्यप्रसाद डुम्रे, प्रेमबन्धु सुवेदी, कला पाठक, पारिश्वर न्यौपाने, चण्डिकाप्रसाद भट्टराई, स्मारिका अर्याल, सिर्जना रेग्मी उपाध्याय प्रकृति, ढालबहादुर केसी, हरि अधिकारी, वसन्त खनाल, शम्भु अर्याल, नारायण न्यौपाने दर्शन, प्रेमकुमार काफ्ले, सिर्जना खनाल, सिर्जना पाठक, लीलाबल्लौ अर्याल, प्रकाश न्यौपाने प्रयास, प्रणव अर्याल, लक्ष्मणप्रसाद तिमिल्सिना, लेखनाथ काफ्ले लगायतका दुई दर्जन गजलकारले आफ्ना उत्कृष्ट गजल रचना वाचन गर्नुभएको थियो। 

प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न गजल उत्सवमा सचिव मिलन समीरले सहजीकरण तथा मोतीराम भट्टको चर्चा गर्नुभएको थियो।