लोक सेवा, शिक्षक सेवालगायतका अन्य निजामती तथा सरकारी सेवाको तयारीका लागि अध्ययन गरिने पुस्तक सामान्य ज्ञानमा एउटा प्रश्न सोधिन्छ, त्यो हो नेपालको स्विट्जरल्यान्ड भनेर कुन ठाउँलाई चिनिन्छ ? यसको उत्तर हो दोलखा जिल्लाको जिरी । कुनै समय विदेशी पर्यटकले खचाखच हुने जिरी अहिले निकै शान्त छ । यहाँ विदेशी पर्यटक आक्कलझुक्कल र फाट्टफुट्ट मात्र देखिन्छन् । एक दशकअघि त्यहाँ पुगेका जोकोही नेपाली यतिबेला त्यहाँ भेटिए भने सोध्ने गर्छन्, “उहिले पर्यटक लोभ्याउने जिरीको त्यो यौवन अहिले सकिएकै हो त ?” कुनै बेला पर्यटकको चापले थामी नसक्ने जिरीका होटेलमा अहिले लगभग विदेशी अनुहार देख्नै पाइँदैन । विदेशी अनुहारको सिला खोज्नुपर्ने जिरीमा स्वदेशी पर्यटक पनि औँलामै गन्न सकिने मात्रै भेटिन्छन् ।
कुनै बेला विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर जाने मुख्य प्रवेशद्वार नै जिरी थियो । काठमाडौँ–लुक्ला (सगरमाथा) सिधा हवाई उडान सुरु भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको क्षेत्रीय होटेल सङ्घ दोलखाका अध्यक्ष सुन्दर कार्की बताउनुहुन्छ । उतिबेला जिरी आएका पर्यटक छ दिनको पैदल दुरीमा सगरमाथा आधार शिविर पुग्ने गरेको उहाँले सुनाउनुभयो । लामो बाटो हिँडेर हिमाल आरोहण गर्ने भन्दा सिधै लुक्ला पुग्न सकिने हवाईजहाज रामेछापको मन्थली विमानस्थलबाट सञ्चालन हुन थालेकाले पर्यटकले सजिलो बाटो प्रयोग गर्न थाले । यसैका कारण ‘नेपालको स्विट्जरल्यान्ड’ मा पर्यटकको खडेरी पर्न थाल्यो ।
दोलखामा पर्यटन प्रवर्धनका लागि विभिन्न सङ्घ संस्था सव्रिmय छन् । क्षेत्रीय होटेल सङ्घ, दोलखा पर्यटन समाजलगायतले आआफ्नै हिसाबले काम अगाडि बढाइरहेका छन् तर जिल्लाको पर्यटन विकासमा यी कुनै पनि संस्थाले एकआपसमा सहकार्य गर्दैनन् । धेरै सम्भावना बोकेको भए पनि अन्य विषयमै दोलखाका राजनीतिक दल, सामाजिक सङ्घ संस्थाको ध्यान केन्द्रित हुँदा र प्रभावकारी योजना नबन्दा यहाँको पर्यटन क्षेत्र पछाडि परेको स्थानीय बासिन्दाको बुझाइ छ ।
पन्ध्र वर्षदेखि विमानस्थल बन्द
जिरीमा रहेको एक मात्र विमानस्थल झन्डै १५ वर्षदेखि बन्द छ । विमानस्थलमा तत्कालीन विद्रोही नेकपा (माओवादी) ले सामानसहितको विमानमा आगो लगाइदिएपछि विमानस्थलमा उडान भएको छैन । पहिले दैनिक तीन÷चार वटा हवाईजहाजले यहाँ उडान भर्ने गर्थे । विमानस्थल बन्द भए पनि पर्यटकका लागि आवश्यक पूर्वाधार र प्रचारप्रसार नहुँदा पर्यटक भिœयाउन यहाँ कठिन भएको छ । विमानस्थल सञ्चालनका विषयमा छलफल भए पनि त्यसबारे कुनै टुङ्गो लाग्न सकेको छैन ।
धार्मिक पर्यटनको सम्भावना
जिरीका विभिन्न स्थानमा अहिले सात वटा गुम्बा बनिरहेका छन् । ती गुम्बा बनिसकेपछि बौद्ध धर्मावलम्बीको आकर्षण बढ्ने र पर्यटन आवागमन बढ्ने अपेक्षा गर्न सकिन्छ । नयाँ पर्यटन रुटको खोजी गरेर त्यसको प्रचारप्रसार गर्ने हो भने फेरि जिरीमा पर्यटक आगमन बढाउन सकिने छ । जिरीका स्थानीय जिरेल जातिको संस्कृति तथा स्थानीय उत्पादनको प्रचारमा जोड दिने हो भने पनि पर्यटक भिœयाउन समस्या नहुने होटल सङ्घका अध्यक्ष कार्की बताउनुहुन्छ ।
जिरी–काठमाडौँबाट सडकमार्गबाटै जाँदा पनि १८८ किलोमिटरको दुरीमा छ । यहाँको हवाई मैदान सञ्चालनमा आउने हो भने आन्तरिक एवं बाह्य पर्यटक भिœयाउन कुनै कठिनाइ हुँदैन । सगरमाथाको प्रवेशद्वार जिरीलाई पुरानै अवस्थामा फर्काउन स्थानीय पूर्वाधारको विकासमा पनि जोड दिन जरुरी छ । स्थानीय खाना, संस्कृति र पर्यावरणको प्रचार गरेर जिरीमा पर्याप्त पर्यटक तान्न सकिन्छ । जिरीमा पाइने चिज, छुर्पी, चिया, चौँरीको घिउ तथा काठका कलात्मक सामान त झन् यहाँ आउनेका लागि निकै लोभलाग्दा र आकर्षक उपहार तथा चिनो नै भइहाले ।
जिरी उपत्यकाको भौगोलिक अवस्था
सदरमुकाम चरीकोटबाट ५६ किलोमिटर पूर्वमा रहेको जिरी बजार (उपत्यका) सगरमाथा प्रवेशद्वार हो । समुद्री सतहबाट एक हजार ९५१ मिटरको उचाइमा रहेको जिरी मनोरम प्राकृतिक सौन्दर्यले भरिएको छ । यसलाई ‘नेपालको स्विट्जरल्यान्ड’ पनि भन्ने गरिन्छ । ‘नेपालको स्विट्जरल्यान्ड’ को पहिचान बनाएको जिरी पुग्न सदरमुकाम चरीकोटबाट दुई घण्टाको यात्रा तय गर्नु पर्छ । काठमाडौँबाट १८४ किलोमिटरको यात्रापछि पुगिने जिरीमा सीमान्तकृत जिरेलहरूको बसोबास रहेको छ । एक हजार ९०५ मिटरको उचाइमा रहेको जिरी उपत्यका सन् १९३८ सालमा स्विस सरकारले पक्की सडक पु¥याएको थियो । जिरीमा जिरेल जातिको मात्र बसोबास रहेको सिव्रmीलाई होमस्टे (घरबास) बनाउन होमस्टेको पूर्वाधार तयारी र पटक पटक छलफल तथा अन्तव्रिर्mया गरिए पनि पर्यटकको अभावमा यो कार्यले भने जस्तो सफलता हात पर्न सकेको छैन । उतिबेला जिरीमा पर्यटकको आगमन बढ्दै गएपछि जिरी बजारमा रहेका होटेलले पर्यटकको चाप थेग्न नसक्ने र गाउँवासीलाई पनि व्यवसायी बनाउनका लागि यो अवधारणा ल्याएका थिए । सिव्रmीमा होमस्टेका लागि विभिन्न टोलीले स्थलगत अध्ययन पनि गरेका थिए । पाहुनालाई घरायसी वातावरणमा बस्नका लागि एक घरमा चार जनासम्म बस्न मिल्ने गरी सिव्रmीका २५ घरमा होमस्टे बनाउने योजना थियो । स्विट्जरल्यान्डको जुरिच सहरका रूपमा जिरीलाई चिनिन्छ । उतिबेला सगरमाथा आरोहणमा वा त्यसतर्फ जाने पैदलयात्री जिरी हुँदै जाने गर्दथे भने विदेशी पर्यटक रोल्वालिङ क्षेत्र घुम्न सिँगटी हुँदै जाने गर्दथे । जिरी आसपासका चेर्दुङ र हनुमन्तेबाट रोल्वालिङ क्षेत्रका हिमाल तथा दोलखा र रामेछापका अधिकांश गाउँ देखिने र चेर्दुङ महादेवको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
दोलखा भीमसेन
सदरमुकाम चरीकोटबाट चार किमी उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । यसको स्थापना किराँतकालमा नै भएको अनुमान छ । देशमा सङ्कट आउनुपूर्व भीमेश्वरको मूर्तिमा सङ्केतका रूपमा पसिना आउने गर्दछ । पौराणिककालमा दोलखा सहरमा पाण्डवहरू गुप्तबास बसेको र सो गुप्तबास बस्दाको समयमा प्रयोग गरिएको साङ्केतिक भाषा नै हाल दोलखाली नेवारले बोल्ने नेवार भाषा हो भन्ने किंवदन्ती रहेको छ । सो मन्दिरमा नित्यपूजाबाहेक भीम एकादशी, बालाचतुर्दशी, चैते दसँै, बडादशैँ इत्यादिमा मेला लाग्ने गर्दछ ।
कालिञ्चोक भगवती
सदरमुकाम चरीकोटबाट करिब १५ किमी उत्तरमा पदयात्राको दृष्टिकोणले रमणीय स्थल कालिञ्चोक गाउँपालिकामा अवस्थित यो मन्दिर तीन हजार ८४२ मिटरको उचाइमा छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवतीसमेत सात भगवती दिदीबहिनी हुन् भन्ने किंवदन्ती रहेको छ । कालिञ्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिमशृङ्खला र मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ ।
सैलुङ्गेश्वर महादेव
सदरमुकाम चरीकोटबाट करिब २० किमी दक्षिणमा सैलुङ्गेश्वर डाँडामा अवस्थित यो स्थान तीन हजार पाँच सय मिटरको उचाइमा रहेको छ । सानाठुला गरेर सय वटा थुम्का रहेकाले सैलुङ भनिएको यस स्थानबाट प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ ।
रोल्वालिङ उपत्यका र च्छोरोल्पा हिमताल
पदयात्राका लागि अति नै रमणीय एवं रोमाञ्चकारी स्थलका रूपमा रहेको रोल्वालिङ उपत्यकामा साहसिक पैदलयात्राका लागि विदेशी पर्यटक आकर्षित हुने गर्दछन् । गौरीशङ्कर गाउँपालिकास्थित रोलवालिङ उपत्यकामा रहेको च्छोरोल्पा हिमताल नेपालकै सबैभन्दा ठुलो हिमताल हो । समुद्र सतहबाट चार हजार ५८० मिटरको उचाइमा रहेको यस तालको उत्पत्ति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ । सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किमी क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिएको भूउपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किमीसम्म फैलिएको छ । १३५ मिटर गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ ।
गौरीशङ्कर हिमाल
सात हजार १३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रामाणिक समय निर्धारण गरिएको छ । हिन्दु धर्मावलम्बीको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिबन्ध छ ।
बहुला पोखरी
बिगु गाउँपालिकामा रहेको आमा बाभारे पर्वतको थोरै तलतिर वरिपरि कडा चट्टानको आडमा फैलिएको बहुला पोखरीको लम्बाइ तीन सय मिटर र चौडाइ दुई सय मिटर रहेको छ भने गहिराइ यकिन हुन सकेको छैन । नेपाल अधिराज्यकै सबैभन्दा गुणस्तरयुक्त स्लेट खानीले मात्र प्रसिद्ध आलम्पु यसै पोखरीको माध्यमले पनि चिनिएको छ । मनकामनामाईले इच्छाएको कुरा पूरा गर्ने किंवदन्ती जस्तै यस पोखरीले पनि इच्छाएको कुरा पूरा गर्न सक्ने विश्वास गरिन्छ । ऋषितर्पणी पूर्णिमाको अघिल्लो राति ठुलो मेला लाग्ने उक्त पोखरीको व्यापक प्रचारप्रसार हुन सकेको खण्डमा पर्यटकीय आकर्षण बढ्न सक्ने छ ।