• १६ भदौ २०८१, आइतबार

प्रधानमन्त्रीद्वारा जननेता भण्डारीको प्रतिमा अनावरण

blog

प्रधानमन्त्री केपी शर्मा ओली जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको बिहीबार अनावरण गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, भदौ १३ गते । प्रधानमन्त्री एवम्  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको बिहीबार अनावरण गर्नुभएको छ ।

ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमा एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।

अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गर्नुभएको हो ।