• १६ भदौ २०८१, आइतबार

नेपाली सेनाको प्रधान सेनापति पदमा सिग्देल नियुक्त

blog

बलाधिकृत रथी अशोकराज सिग्देल ।

काठमाडौं, भदौ १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापति पदमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । 

उहाँले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्याज नं. १६१४ बलाधिकृत रथी अशोकराज सिग्देललाई नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गर्नुभएको हो । 

उहाँ हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएको छ । उहाँको कार्यअवधि २०८१ भदौ २४ बाट लागू हुने जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।