• १६ भदौ २०८१, आइतबार

नेकपा एसको पदाधिकारी निर्वाचन : रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई विजयी

blog

काठमाडौँ, भदौ १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को निर्वाचनको पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । मङ्ललबार राती आएको मत परिणाम अनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी हुनुभएको छ । उहाँले १८९ मत ल्याएर विजयी हुनुभयो । उहाँले राजकुमारी झाक्रीलाई पराजित गर्नुभएको हो । झाक्रीले ११२ मत ल्याउनुभयो ।

त्यस्तै, मधेश समुदायको उपाध्यक्षमा धर्मनाथप्रसाद साह विजयी हुनुभयो । उहाँले १६४ मत ल्याउनुभयो । रामचन्द्र झाले १४४ मत ल्याउनुभयो । 

उपाध्यक्षमा ११ जनाको प्रतिस्पर्धा भएकोमा डा.गगांलाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, भानुभक्त जोशी १५६ र प्रकाश ज्वालाले १३९ मत ल्याएर विजयी हुनुभयो ।

उपमहासचिवममा मेटमणि चौधरीले १५८ मत ल्याएर विजयी हुनुभयो । त्यस्तै रामकुमार खड्का १०७, गरिमा साहले १०५ ल्याएर विजयी हुनुभयो । राजेन्द्र राईले १०६ मत ल्याउनुभयो ।

दलित समुदायको सचिवमा गणेशबहादुर विश्वकर्माले १८० मत ल्याएर विजयी हुनुभयो । निरादेवी जैरुले १०५ र कृष्णबहादुर नेपालीले २७ मत ल्याउनुभयो ।

आदिवासी जनजाती सचिवमा वलदेव चौधरीले १७५ मत ल्याएर विजयीहुँदा राजन राइले २६ र टोकबहादुर तामाङ वाइवाले ९१ मात्रै ल्याउनुभयो ।

खुल्ला सचिवमा शेरबहादुर कुँवर १५३, सोमप्रसाद पाण्डे १४१, श्रीनाथ वराल १०७, सावित्रीकुमारी भुसालले १०६ र चन्द्रबहादुर साहीले ९१ मत पाएर विजयी भए । सचिव पदमा २६ जनाको उम्मेदवारी परेको थियो । पोलिटव्यूरो सदस्यका लागि भएको निर्वाचनको मतगणना बुधबार दिउँसो हुने जनाइएको छ ।