• १६ भदौ २०८१, आइतबार

राजनीतिक परिवर्तनमा सांस्कृतिक याेद्धाहरुको ऐतिहासिक भूमिका: प्रचण्ड

blog

काठमाडौँ, भदौ ११ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक ऐतिहासिक भूमिका रहेको बताउनुभएको छ ।

जनगायक जेबी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेबी टुहुरे फाउन्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दर्शन, सिद्धान्त र राजनीतिका धेरै कुरा गरेर भन्दा गीत, सङ्गीतका थोरै प्रस्तुतिबाट जनतामा धेरै भन्दा धेरै जागरण पैदा गर्न सकिने बताउनुभयो ।

उहाँले सांस्कृतिक याेद्धाहरु जीवनभर जनतामा जागरण पैदा गर्दागर्दै पर्ने र मरिसकेपछि पनि युग युगसम्म जागरण पैदा गरिने र कहिल्यै नपर्ने बताउनुभयो । पारिजातको कविता उधृत गर्दै उहाँले सहिदहरू कहिल्यै नमर्ने बरु उनीहरू युग युगसम्म नारा भएर घन्किरहने बताउनुभयो ।

जेबी टुहुरे फाउन्डेसनले एक लाख राशिसहितको जेबी टुहुरे सम्मान २०८१ मरणोपरान्त अर्का जनगायक खुसीराम पाख्रिनलाई समर्पण गरेको छ । इच्छुक प्रतिष्ठानको सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै सांस्कृतिक याेद्धाहरुलाई एकैसाथ सम्झन पाउनु खुसी र गौरवको विषय भएको बताउनुभयो । ‘महान् सहिद कृष्ण सेन इच्छुकको स्मृतिमा निर्मित भवनमा जेबी टुहुरेको स्मृति दिवसमा खुसीराम पाख्रिनलाई मरणोपरान्त सम्मान गर्न पाउँदा निकै गौरवान्वित महसुस गरेको छु’– उहाँले भन्नुभयो– ‘मेराका लागि यो निकै खुसी र गर्वको क्षण हो ।’

सेन, टुहुरे र पाख्रिन जस्ता सांस्कृतिक याेद्धाहरुले गरेको योगदान र बलिदानकै कारण श्रमिक वर्गमा चाँडै चेतना जागृत भएको र सामन्तवादको अन्त्य गर्न सम्भव भएको अध्यक्ष प्रचण्डको भनाई थियो । ठुलो बलिदानपछि आएको परिवर्तन संस्थागत गर्ने क्रममा पाख्रिन र टुहुरेलाई नीति निर्माण तहमा लैजान सकिएकोमा खुसी व्यक्त गर्दै उहाँले 

जेबी टुहुरे फाउन्डेसनका निर्भिका टुहुरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीलगायतले बोल्नुभएको थियो । सो क्रममा जनवादी कलाकारहरूले सांस्कृतिक याेद्धाहरुको सम्मानमा प्रस्तुति दिएका थिए । कार्यक्रम सञ्चालन जन सांस्कृतिक महासङ्घका अध्यक्ष भीम कुमाखीले गर्नुभएको थियो ।