• १६ भदौ २०८१, आइतबार

वृद्धा मृत फेला

blog

अनिल पराजुली
हेटौँडा, भदौ १० गते ।
 हेटौँडा उपमहानगरपालिका–११, भैरवडाँडामा एक वृद्धा मृत फेला परेका छन् । सोमबार बिहान ९ः४० बजेको समयमा ७१ वर्षीया ठुलीमाया विश्वकर्मा ओछ्यानमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

विश्वकर्मा आफ्नै घरको सुत्ने कोठा भित्र खाटमा अचेत अवस्था फेला परेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो । ठुलीमायाको दुवै कानबाट रगत बगेको पाइएको उहाँको भनाइ छ ।

घरमा ठुलीमाया र २८ वर्षीया नाति प्रवीण विश्वकर्मा मात्रै बस्दै आउनुभएको थियो । घटनास्थल सुरक्षित राखेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।