• ९ मंसिर २०८१, आइतबार

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विक पक्राउ

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । एक बालिकालाई विभिन्न प्रलोभन देखाई पटक–पटक करणी गरेको आरोपमा २७ वर्षीय वीरबहादुर विक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार विक खाम्लुङको दोभान बजारबाट पक्राउ परेका हुन् । पीडित बालिकाको पक्षबाट प्रहरीमा दिएको जाहेरीको आधारमा आरोपित विकलाई पक्राउ गरिएको पनि प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीअनुसार विकले पहिलो पटक गत वैशाख ५ गते, दोस्रो पटक वैशाख ८ तेस्रो पटक साउन २९ गते बालिकालाई जबरजस्ती करणी गरेका थिए । 

यता पक्राउ परेका विकमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको पनि प्रहरीले जनाएको छ ।