सिराहाका १७ वटा स्थानीय तहमध्ये बरियारपट्टी गाउँपालिका साबिकका बरियारपट्टी, कचनारी, जानकीनगर, तेनुवापट र जिझौल गरी पाँच गाउँ विकास समितिलाई मिलाएर गठन भएको हो । यो गाउँपालिका हुलाकीमार्गसँग जोडिएको छ । पाँच वटा वडा रहेको गाउँपालिकाको क्षेत्रफल ३७.७२ वर्गकिलोमिटर छ । पूर्वमा नवराजपुर गाउँपालिका, पश्चिममा औरही गाउँपालिका, उत्तरमा सुखीपुर नगरपालिका र लक्ष्मीपुरपतारी गाउँपालिका तथा दक्षिणमा भारतको सीमाना लदनियाँसँग जोडिएको यहाँ किसानको बाहुल्य छ । पालिकाको बरियारपट्टी भारतीय बजारसँग जोडिएको पूर्वपश्चिम हुलाकीमार्ग र उत्तरदक्षिण मध्यपहाडी लोकमार्गसँग जोड्ने सडक निर्माण भइरहेकाले सहरोन्मुख छ । जनता समाजवादी पार्टीबाट दोस्रो पटक निर्वाचित हुनुभएका गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोसँग लहान समाचारदाता जीवछ यादवले गर्नुभएको कुराकानी :
गाउँपालिकाको अध्यक्षमा तपाईं दोस्रो पटक निर्वाचित भएर आउनुभएको छ । यो कार्यकाललाई कसरी अगाडि बढाइरहनुभएको छ ?
पहिलो कार्यकालभन्दा यो कार्यकालमा विकास निर्माणका कार्य व्यवस्थित रूपमा अगाडि बढिरहेका छन् । पहिलो कार्यकालमा जनभावना अनुसार काम भएकाले दोस्रो पटक निर्वाचित हुने आधार बन्यो । जनताले बढी बोल्नेभन्दा काम गर्ने जनप्रतिनिधिलाई विश्वास र भरोसा गर्ने रहेछन् भन्ने अनुभव गरेको छु । पहिलो कार्यकालमा आफ्नै दलको सुरक्षित बहुमत थियो । अहिले अल्पमतमा हुँदा पनि सबैको भावना र चाहनालाई समेटेर बजेट विनियोजन गरेर अगाडि बढिरहेका छौँ । पाँच वटै वडामा विकास निर्माणका कार्य र सामाजिक न्यायका काम सन्तोषजनक रूपमा भइरहेको छ ।
अहिले कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ?
पहिलो कार्यकालमा नै बरियारपट्टी गाउँपालिकाले कृषि र सडक निर्माण कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन ग-यो । सिँचाइका लागि विद्युतीकरण, मोटर वितरण, स्टेट बोरिङ र किसानलाई विद्युत् मोटरबापत लाग्ने महसुल पालिकाबाट बेहोर्ने जस्ता काम गरियो । करिब ७५ किलोमिटर कृषि सडक निर्माण सम्पन्न ग-यौँ । अहिले पनि कृषि सडकका लागि कृषकले सहमति गरेर योजना ल्याएमा कृषि सडक निर्माण जारी नै राखेका छौँ । सबै वडालाई जोड्ने गरी ५० किलोमिटरभन्दा बढी पक्की सडक निर्माण भएको छ । बाँकी रहेको सडक निर्माण कार्यलाई पनि निरन्तरता दिइरहेका छौँ । मधेश प्रदेश सरकारको करिब ६० करोड सहयोगबाट बरियारपट्टी–मेदनीपुर सडक निर्माण कार्य भइरहेको छ ।
कृषि र सडकबाहेक अहिले कुन क्षेत्रलाई प्राथमिकतामा राख्नुभएको छ ?
कृषि र सडक विस्तारलाई कायम राख्दै अबको प्राथमिकतामा शिक्षा र स्वास्थ्य क्षेत्र छन् । यस पालिकामा रहेका २३ वटा सामुदायिक विद्यालयमध्ये चार वटा माध्यमिक विद्यालय र बाँकी आधारभूत विद्यालय छन् । माध्यमिक विद्यालयमा बरियारपट्टी बालीविज्ञान प्राविधिक धार र माध्यमिक विद्यालय शिवनगर दौरीपट्टीलाई नमुना विद्यालय बनाउन पूर्वाधार निर्माण, शिक्षक भर्नालगायतका कार्यलाई अगाडि बढाउन पालिकाको बजेटका साथै प्रदेश र सङ्घीय सरकारको सहयोगसमेत प्राप्त भएको छ । पछाडि परेका माध्यमिक र आधारभूत विद्यालयको सुधारका लागि शिक्षक र प्रधानाध्यापकसँग बृहत् अन्तव्रिर्mयापछि अभिभावकसँग समेत छलफल गर्दै आएका छौँ । पछाडि परेका सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउन भौतिक र शैक्षिक रूपमा सुधारको आवश्यकता छ । ती आवश्यकता पालिकाले पूरा गर्ने गरी बजेट विनियोजन गरेका छौँ । स्वास्थ्य क्षेत्रको कुरा गर्दा बरियारपट्टीमा रहेको १५ शøयाको अस्पतालको स्तरोन्नति गर्न, दुई जना एमबिबिएस चिकित्सक भर्ना गर्न, एम्बुलेन्स खरिद गर्न र प्रत्येक वडाका स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न लागिपरेका छौँ ।
तपाईं अल्पमतमा रहेर पनि कसरी विकास निर्माणका कार्य अघि बढाउन सकिरहनुभएको छ ?
स्थानीय तहमा अल्पमत र बहुमतको समस्याले धेरै पालिकाको विकास निर्माणमा झमेला उत्पन्न भइरहेको छ । यस पालिकामा पनि त्यस्तो अवस्था मेरो यस कार्यकालमा नआएको होइन तर आपसी समझदारी बनाउन मैले अध्यक्षका तर्फबाट निष्पक्ष भूमिका खेल्दै सबैको चित्त बुझाएर जनहितमा लागौँ भन्ने वातावरण बनाएपछि विकास निर्माणको माहोल सहज भएको छ ।
हुलाकी सडक सञ्चालनमा आएपछि बरियारपट्टी बजारको विकासका लागि गाउँपालिकाले के गरिरहेको छ ?
हुलाकी सडक सञ्चालनमा आएपछि बरियारपट्टी बजारको विकासले गति लिन थालेको छ । स्थानीय व्यापारीको सुरक्षा र सीमापारि भारतबाट भइरहेको अवैध व्यापार रोक्नका लागि सव्रिmय पहल थालेका छौँ । बरियारपट्टीमा नेपाल–भारत व्यापारका लागि भन्सार कार्यालयको विस्तार गर्न पनि सव्रिmय पहल गरिरहेका छौँ । बरियारपट्टी बजारको विकास विगतभन्दा प्रगतिउन्मुख छ ।
सामाजिक न्यायका लागि न्यायिक समितिको काम कति प्रभावकारी छ ?
भौतिक विकास र सामाजिक न्यायलाई समानान्तर रूपमा अगाडि बढाउने सवालमा पनि बरियारपट्टी गाउँपालिकाले राम्रै गरेको अनुभूति भएको छ । न्यायिक समितिमा अहिलेसम्म आएका निवेदनमाथि छलफलका माध्यमबाट मेलमिलाप गराउने कार्य भएको छ । न्यायिक समितिलाई सरोकारवालाले पनि निकै संयमित रूपमा सहयोग पु-याइरहेका छन् ।
दलित, विपन्न समुदायका लागि आवास, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि के कस्ता काम भइरहेका छन् ?
यस गाउँपालिकामा खास गरेर मुसहर समुदायको जीवनस्तरमा सुधार ल्याउनका लागि पालिकाले शिक्षा, स्वास्थ्य, आवासका लागि विशेष कार्यव्रmम ल्याउने गृहकार्यमा रहेको छ । दलित जनकल्याण युवा क्लबसँग समन्वय गरेर शिक्षा, चेतना र आर्थिकस्तर सुधार गर्नका लागि साझेदारी कार्यक्रम अगाडि बढाएका छौँ । सुरक्षित आवास, बालबालिकालाई नियमित विद्यालय पठाउने वातावरण बनाउन र आयआर्जनका लागि समूह निर्माण गर्ने र त्यस्ता समूहमा गाउँपालिकाबाट लगानी गरेर सहयोग गर्ने कार्यव्रmम ल्याएका छौँ । नागरिकता नभएका मुसहर समुदायलाई नागरिकता दिलाउने काम पनि भइरहेको छ ।