• १८ पुस २०८१, बिहिबार

यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ : मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डे राष्ट्रिय सभा बैठकमा सदस्यले सोधेको प्रश्नको जवाफ दिनुहुँदै । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, साउन ३१ गते । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले यस वर्ष १६ लाख पर्यटन भित्र्याउने लक्ष्य राखिएको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत भएको प्रश्नको जवाफ दिनुहुँदै उक्त कुरा बताउनुभएको हो ।

पर्यटन उद्योगमा परिणत गर्नका लागि मन्त्रालयको के कस्तो अल्पकालीन र दीर्घकालीन के छ भन्ने प्रश्नको जवाफ दिनुहुँदै मन्त्री पाण्डेले नेपालको राष्ट्रिय पर्यटन रणनीति गुरुयोजना (२०१६–२५) को आधारमा पर्यटकीय गन्तव्यहरूको विकास विस्तार तथा पहिचान, पदमार्गहरूको निर्माण, पर्यटकीय सहजताकाबारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवर्द्धन कार्यक्रमहरू निरन्तर हुँदै आएको बताउनुभयो ।

पर्यटन मन्त्री पाण्डेले भन्नुभयो, ‘‘पर्यटन रणनीति योजना (सन् २०१६-२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याई यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।’’

उहाँले पर्यटन बोर्डबाट एक सय वटा पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय विभागबाट पूर्वाधार निर्माणको कार्य भइरहेको पनि जानकारी दिनुभयो । उहाँले खप्तड विकास क्षेत्र कोष स्थापना सम्बन्धमा छलफल भइरहेको बताउनुभयो ।