काठमाडौँ, साउन २९ गते । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु. एक लाख ५० हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन रु. एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी रु. एक हजार सात सय ४० मा कारोबार भइरहेको महासङ्घले बताएको छ । रासस