• ९ मंसिर २०८१, आइतबार

गोमन सर्पले डसेर वृद्धाको मृत्यु

blog

धनमाया पौडेल

लीलाराज झापाली 

बिर्तामोड, साउन २७ गते । झापामा पुनः  विषालु सर्पले डसेर  एक वृद्धाको मृत्यु भएको छ । बिर्तामोड– ७ गरामनी मिलडाँडा बस्ने  ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर मृत्यु भएको हो ।

आइतवार  बिहान भण्डार कोठामा आलु निकाल्न जाँदा उहाँको दाहिने खुट्टामा गोमन सर्पले डसेको थियो ।

त्यसपछि उहाँलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएकोमा त्यहाँ उपचार हुन नसकी थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा  बाटैमा मृत्यु भएको थियो । 

सो जानकारी इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिनु भएको हो  । घटनाका  सम्बन्धमा  थप अनुसन्धान भइरहेको समेत प्रहरी प्रमुख बिष्टले बताउनुभयो ।