• ७ मंसिर २०८१, शुक्रबार

बङ्गलादेशबाट महिला टी–२० विश्वकप सर्ने सम्भावना

blog

काठमाडौँ, साउन २२ गते । बङ्गलादेशको पछिल्लो राजनितिक घटनाक्रमका कारण आगामी अक्टोबर ३ देखि २० तारिखसम्मका लागि तय भएको आइसिसी महिला टी–२० विश्वकप सर्ने सम्भावना बढेको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बङ्गलादेशको राजनितिक अवस्थाले विश्वकप आयोजना गर्न सम्भव नभए अन्य देशमा लौजाने विकल्प रहेको जनाएको छ । आइसिसीले भारत, श्रीलङ्क र संयुक्त अरब इमिरेट्स (युएई) लाई विश्वकप आयोजनाको वैकल्पिक देशको रुपमा समेत लिएको छ । 

महिला टी–२० विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । बङ्गलादेशमा गत एक महिनादेखि सरकारविरोधी आन्दोलन चलिरहेको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुभएको थियो । 

हसिनाले देश छाडेसँगै बङ्गलादेशका सैनिक प्रमुख वाकर–उज–जमानले अन्तरिम सरकार गठन गर्ने तयारी सुरु गर्नुभएको छ । बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व लिन नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसलाई प्रस्ताव गरिएको छ । एजेन्सी