• १६ भदौ २०८१, आइतबार

एमालेबाट मन्त्रीको नाम टुङ्गो लाग्यो

blog

अविनाश चौधरी

धनगढी, साउन २१ गते । सुदूरपश्चिम प्रदेशमा तीन मन्त्रालय पाएको नेकपा (एमाले) ले मन्त्रीको नाम टुङ्गो लगाएको छ । 

सो पार्टीको संसदीय दलको बैठकले सुरेन्द्र पाल, वीरबहादुर थापा, हीरा सार्कीलाई मन्त्री र निर्मला साउदलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो । 

थापाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, थापालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने एमालेले निर्णय गरेको छ ।

 यसैगरी, साउँदलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाउने निर्णय गरिएको छ । कांग्रेसले यसअघि नै मन्त्रीको नाम टुंगो लगाइसकेको छ ।