• १६ भदौ २०८१, आइतबार

पेरिस ओलम्पिक : अमेरिका १९ स्वर्णसहित शीर्ष स्थानमा

blog

पेरिस, साउन २१ गते । आइतबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ काँस्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा छ ।

दोस्रोमा चीनले १९ स्वर्ण, १५ रजत र ११ काँस्यसहित कुल ४५ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १८ कास्य पदकसहित कुल ४४ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको अस्ट्रेलियाले १२ स्वर्ण, ११ रजत र आठ काँस्यसहित ३१ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १० स्वर्ण, १२ रजत र १५ काँस्यसहित कुल ३७ पदक जितेको छ । 

पदक तालिकामा छैटाैं स्थानमा रहेको दक्षिण कोरियाले १० स्वर्ण, सात रजत र सात काँस्यसहित कुल २४ पदक जितेको छ भने जापानले नौ स्वर्ण, पाँच रजत र १० काँस्यसहित २४ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले सात स्वर्ण १० रजत र पाँच काँस्यसहित कुल २२ पदक जितेको छ भने नेदरल्यान्डसले छ स्वर्ण, पाँच रजत र चार काँस्यसहित कुल १५ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले पाँच स्वर्ण, पाँच रजत र दुई काँस्यसहित कुल १२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ । रासस/एएफपी