• १६ भदौ २०८१, आइतबार

बङ्गलादेशका प्रमुख सहरमा सुरक्षाकर्मीद्वारा गस्ती

blog

ढाका, साउन २१ गते । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले पुनः प्रदर्शन सुरू गरेपछि आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आइतबार एकै दिनमा धेरै जनाको ज्यान जानेगरी झडपहरू भएपछि बङ्गलादेशको सुरक्षाकर्मीले सोमबार बिहानैदेखि राजधानी ढाकामा गस्ती गरेको छ ।

विश्लेषकहरूले आइतबार देशभरका लाखौं प्रदर्शनकारी र सरकारी समर्थकहरूबिच लाठी र चक्कुले एकअर्कासँग आक्रमण गर्न थालेपछि सुरक्षा फौजले गोली चलाएको थियो ।

ढाकामा रहेका सैनिक र प्रहरीले आइतबार साँझदेखि लागू भएको कर्फ्यु लागू गर्नका लागि काँडेतार लगाएर प्रधानमन्त्री हसिनाको कार्यालय जाने बाटोहरूमा अवरोध गरेका छन् ।

गत महिनादेखि सुशुरु भएको आन्दोलन प्रधानमन्त्री हसिनाको १५ वर्षे शासनकालको सबैभन्दा खराब अशान्तिमा परिणत भएको छ र ७६ वर्षीय हसिनाले राजिनामा दिनुपर्ने व्यापक मागमा परिणत भएको छ ।

आन्दोलनप्रति नागरिक सहभागिता बढेसँगै मोबाइल इन्टरनेटलाई देशव्यापी रूपमा कडाइका साथ प्रतिबन्धित गरिएको थियो, कार्यालयहरू बन्द गरिएको थियो र देशका आर्थिक रूपले महत्त्वपूर्ण तीन हजार ५०० भन्दा बढी गार्मेन्ट कारखाना बन्द गरिएको थियो ।

विद्यार्थीद्वारा अवज्ञा आन्दोलनको घोषणा गरेकै दिन राजधानी ढाकालगायतका स्थानमा स्थिति थप तनावपूर्ण बनेको हो ।

राष्ट्रव्यापी अवज्ञा अभियानको नेतृत्व गरेका एक प्रमुख नेता आसिफ महमुदले भन्नुभयो, “अन्तिम विरोध प्रदर्शन गर्ने समय आएको छ । हामी देशभरका विद्यार्थी र सर्वसाधारणलाई ढाकातर्फ अघि बढ्न आह्वान गर्दछौं ।

आइतबार उत्तरपूर्वी शहर इनायतपुरको एक स्टेसनमा प्रदर्शनकारीले आक्रमण गर्दा १४ जना प्रहरी अधिकारीसहित कम्तीमा ९४ जनाको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको विज्ञप्तिमा बङ्गलादेशमा भइरहेको प्रहरी ज्यादती र हिंसा रोकिनुपर्ने बताउनुभएको छ ।

इलिनोइस स्टेट युनिभर्सिटीका राजनीतिका प्राध्यापक तथा बङ्गलादेशका विज्ञ अली रियाजले प्रधानमन्त्री हसिनाले ‘प्रदर्शनकारीका मागप्रति खासै चासो दिएकोजस्तो’ नदेखिएको र यसले तनाव थप बढिरहेको चेतावनी दिनुभएको छ ।

रियाजले भन्नुभयो, “यो सबै उपायहरूद्वारा अभूतपूर्व लोकप्रिय विद्रोह हो ।” राज्यपक्षधर र सत्ताका वफादारहरूबीचको अहिलेको क्रूरतालाई बङ्गलादेशको इतिहासमा नै भएका सीमित आन्दोलन र तीनको प्रभावसँग जोड्न सकिन्छ ।

एएफपीले पुष्टि गरेको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोअनुसार ढाकामा प्रदर्शनकारीहरूले हसिनाका पिता शेख मुजिबुर रहमानको शालिकमा आन्दोलनकारी चढेर यसलाई हथौडाले तोडेको तस्बीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । रासस/एएफपी