• १८ पुस २०८१, बिहिबार

नेपालमा चिनियाँ चिकित्सा पुनर्स्थापना उपचार केन्द्रको उद्घाटन

blog

काठमाडौँ, साउन २१ गते । नेपालमा पहिलाे पटक अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ औषधी पुनर्स्थापना तथा उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ ।

नेपालको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले लम्बरको समस्या भएका एकजना बिरामीले ३० डिग्रीसम्म कम्मर मात्र झुकाउन सक्ने र उपचारपछि ९० डिग्रीसम्म आफ्नो ढाडलाई सिधा समात्न सक्ने भएकाले स्थानीय जनतामा अकुपंक्चर उपचार लोकप्रिय भएको स्मरण गराउनुभयो ।

विगत २५ वर्षमा नेपाली चिकित्सकसँगै नेपाली जनताको स्वास्थ्य सुधारका लागि मेमोरियल क्यान्सर अस्पतालमा २५० भन्दा बढी चिनियाँ चिकित्सक टोली पठाइएको चेनले बताउनुभयो । सन् १९९८ को डिसेम्बरमा नेपाललाई हस्तान्तरण गरेदेखि नै चीनको सहयोगमा बनेको अस्पतालमा चिनियाँ मेडिकल टोलीहरू आलोपालो पठाइएको जानकारी दिनुभयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय राई न्यौपानेले जनशक्ति आपूर्ति, चिकित्सा उपकरण तथा औषधी चन्दा र चिकित्सक तथा प्राविधिकहरुको तालिम लगायतका क्षेत्रमा चीनले गरेको सहयोगको प्रशंसा गर्नुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल