• १२ असोज २०८१, शनिबार

काउन्सिलमा ‘मित्रता’

blog

काठमाडौँ, साउन २१ गते । नेपाल–युरोपेली सङ्घबिच सम्बन्ध स्थापित भएको ५० औँ वर्षगाँठसम्मको सहयात्रा झल्किने फोटो ‘मित्रता’ शीर्षकमा प्रदर्शनी भइरहेको छ ।

बबरमहलस्थित नेपाल कला परिषद्मा शुक्रबारदेखि प्रदर्शनी थालिएको हो । नेपाल कला परिषद्का अध्यक्ष सागरशमशेर जबराका अनुसार नेपाल र युरोपेली सङ्घको सम्बन्ध सन् १८५१ मा प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत र फ्रान्सको भ्रमण गर्नुभएसँगै युरोपसँगको कूटनीतिक सम्बन्ध सुरु भएको हो ।

सङ्घले फोटो प्रतियोगिताका लागि गरिएको आह्वानमार्फत देशका विभिन्न भूगोलका कथा ल्याउन सघाएको थियो । सो फोटो कथामध्ये इसान तिवारीको फोटो कथाले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

तिवारीले ‘सहयात्रा’ शीर्षकमा मधेशको बारा र रौतहटका बालबालिकामा शिक्षाको पहुँचलाई फोटो कथा बनाउनुभएको छ । त्यस्तै अन्य तीन उत्कृष्ट फोटो कथामा रविक उपाध्यायले नेपाली महिलाको मितिनी चलनलाई प्राथमिकता दिनुभएको छ । फोटो कथाकार सुशील विश्वकर्माले ‘तृष्णा’ शीर्षकमा फोटो कथाको शृङ्खला बनाउनुभएको छ । फोटो कथाकार आकृति श्रेष्ठले मधेशमा प्लास्टिक बोतलको पुनप्र्रयोगको विषयलाई ‘कुर्था एक्सप्रेस’ शीर्षकमा फोटो कथामा ल्याउनुभएको छ । फोटो प्रदर्शनी सोमबारसम्म सञ्चालन हुने जनाइएको छ ।