• १२ असोज २०८१, शनिबार

गुल्मी बारमा खनाल सर्वसम्मत

blog

रमेश विश्वकर्मा

गुल्मी, साउन २० गते । गुल्मी जिल्ला अदालत बार एसोसिएसनमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सदरमुकाम तम्घासमा सम्पन्न गुल्मी जिल्ला अदालत बार एसोसिएसनको अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

अधिवेशनबाट गुल्मी जिल्ला अदालत बार एसोसिएसन अध्यक्षमा अधिवक्ता गोपालप्रसाद खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा अधिवक्ता देविराम भण्डारी निर्वाचित हुनुभयो । सचिवमा अधिवक्ता हरिप्रसाद अर्याल, सहसचिवमा अधिवक्ता हीरा कुँवर र कोषाध्यक्षमा अधिवक्ता टुकबहादुर कुँवर निर्वाचित हुनुभयो ।

त्यस्तै, कार्यसमिति सदस्यमा अधिवक्ता चिरञ्जीवी शर्मा, अधिवक्ता गुणानिधि शर्मा, अधिवक्ता लक्ष्मण सापकोटा, अधिवक्ता गणेश श्रीपाली, अधिवक्ता भीमलाल न्यौपाने, अधिवक्ता बोमलाल भण्डारी, अधिवक्ता हरिप्रसाद पाण्डे र अधिवक्ता प्रवीण अधिकारी सर्वसम्मत निर्वाचित हुनुभयो । गुल्मी जिल्ला अदालत बार एसोसिएसनमा २८ जना अधिवक्ता आबद्ध रहेका छन् ।