• ११ पुस २०८१, बिहिबार

सरकारले उठायो दस अर्ब ऋण

blog

काठमाडौँ, साउन १७ गते । सरकारले बुधबार १० अर्ब रुपियाँ आन्तरिक ऋण उठाएको छ । सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ११ वर्षका लागि सो रकम बराबरको विकास ऋणपत्र निष्कासन गरेको हो । बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने गरी जारी गरिएको उक्त ऋणपत्र उपर बुधबार दिउँसो बोलकबोल भइसकेको छ । कार्यालयले बोलकबोलमार्फत नै ब्याजदर निर्धारण गरेको छ । 

कार्यालयका अनुसार बिहीबारदेखि उक्त ऋणपत्र निष्कासन हुने छ । विकास ऋणपत्र खरिदकर्ताले अर्धवार्षिक रूपमा ब्याज प्राप्त गर्ने छन् । त्यस्तो ब्याजमा आयकर भने लाग्ने उल्लेख छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन सकिने पनि कार्यालयले स्पष्ट पारेको छ । 

सरकारले आन्तरिक ऋणका लागि दीर्घकालीन अवधिको विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र र अल्पकालीन अवधिको टे«जरी बिल जारी गर्दछ । बुधबार जारी गरिएको विकास ऋणपत्रको साँवा भुक्तानी २०९२ साल साउन १७ गते हुने कार्यालयले जनाएको छ । सरकारले चालु आवमा तीन खर्ब ३० अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।