अनिल पराजुली
हेटौँडा, साउन १६ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–८ बस्तीपुरमा विषालु सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । विषालु सर्पको टोकाइबाट स्थानीय ४८ वर्षीय राज सिंकार घाइते भएका हुन् ।
आफ्नै घरमा गाई बस्तुलाई घाँस हाल्नेक्रममा सर्पले टोकेपछि उहाँ घाइते हुनुभएको हो । उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार पश्चात् थप उपचारका लागि मङ्गलबार साँझ साढे ७ बजे हेटौँडा अस्पताल लगिएको छ ।
घाइतेको दायाँ हातको पाखुरामा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।